एउटै फर्सीको तौल १४३१ किलो, विश्व कीर्तिमान तोड्ने दाबी
अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार १५६ पाउन्ड (करिब एक हजार ४३१ किलोग्राम) तौलको विशाल फर्सीले विश्वकै सबैभन्दा भारी फर्सीको कीर्तिमान तोड्ने सम्भावना देखिएको छ । हाल कायम कीर्तिमानभन्दा करिब ३०० पाउन्ड (१३६ किलोग्राम) बढी तौल भएको उक्त फर्सीको विश्व कीर्तिमानका लागि आधिकारिक पुष्टि हुन बाँकी छ ।
