SHARE
पर्दाफास · बिहीबार ६ कात्िक २०८३ ०९:०२ AM · 1 मिनेट पढाइ

पीएचपीमा गम्भीर सुरक्षा जोखिम, नेपालका केही सरकारी वेबसाइट अस्थायी रूपमा बन्द

विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका केही सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (एसडिओसी) ले एक जरुरी सुरक्षा सूचना जारी गर्दै सम्भावित साइबर आक्रमण र क्षति हुन नदिन सावधानीस्वरूप प्रणालीहरू बन्द गरिएको जनाएको हो ।