SHARE
पर्दाफास · बिहीबार ६ कात्िक २०८३ ०२:५१ AM · 1 मिनेट पढाइ

बिर्तामोडमा बडी ग्यारेजमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु

झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङ रहेका छन्। उनी ग्यारेजभित्र सञ्चालित क्यान्टिनमा काम गर्दै आएका थिए।