उपराष्ट्रपतिले गरे बडादशैंको टीका ग्रहण
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । उपराष्ट्रपति यादवले उपराष्ट्रपति भवन लैनचौरमा आज बिहान १० बजेर २६ मिनेटको शुभ साइतमा गुरुपुरोहितबाट विजयादशमीको टीका, प्रसाद र जमरा ग्रहण गरेका उपराष्ट्रपतिका प्रेस सल्लाहकार दिनेश यादवले जानकारी दिए ।
