SHARE
पर्दाफास · बुधबार ५ कात्िक २०८३ ०५:५३ AM · 1 मिनेट पढाइ

राष्ट्रपति पौडेलले शुभसाइतमा गुरुपुरोहितबाट ग्रहण गरे दशैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दशैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६ मिनेटमा गुरू पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।