SHARE
पर्दाफास · सोमबार ३ कात्िक २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

चाडपर्वमा आगलागी नियन्त्रण गर्न काठमाडौं महानगरको तयारी, सूचना आएको एक मिनेटमै दमकल परिचालन

दशैं, तिहारलगायतका चाडपर्वमा हुन सक्ने आगलागी तथा अन्य विपद्का घटनालाई नियन्त्रण गर्न काठमाडौं महानगरपालिकाले सुरक्षा व्यवस्थालाई चुस्त बनाएको छ । सम्भावित जोखिमलाई मध्यनजर गर्दै महानगरपालिकाले दमकल, विपद् व्यवस्थापनका उपकरण तथा जनशक्तिलाई तयारी अवस्थामा राखेको जनाएको छ । काठमाडौं महानगरपालिकाको विपद् व्यवस्थापन विभागअन्तर्गतको वारुण यन्त्र कार्यालयले हाल तीनवटा स्थानबाट सेवा सञ्चालन गरिरहेको छ ।