SHARE
पर्दाफास · सोमबार ३ कात्िक २०८३ ०७:३० AM · 1 मिनेट पढाइ

७२ हजार ८० क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ

काठमाडौँको दक्षिणकाली नगरपालिका–५, फर्पिङस्थित बसपार्कबाट प्रहरीले ७२ हजार ८० क्याप्सुल लागुऔषध ट्रामाडोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। आज बिहान करिब ४:३० बजे इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा वीरगन्जबाट काठमाडौं आउँदै गरेको बा.२० च. ७५८८ नम्बरको कारको पछाडिको डिक्कीमा लुकाइछिपाइ ल्याइएको उक्त परिमाणको ट्रामाडोल फेला पारेको हो।