SHARE
पर्दाफास · सोमबार ३ कात्िक २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

भक्तपुर–बनेपा–पाँचखाल प्रसारण लाइन प्रभावित हुने, डेढ घण्टा विद्युत् अवरुद्ध

भक्तपुर सबस्टेसनको ६६ केभी बसबारमा आकस्मिक समस्या आएपछि मर्मतसम्भार गर्नुपर्ने भएकाले भक्तपुर–बनेपा–पाँचखाल प्रसारण लाइन प्रभावित हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार आज दिउँसो २ बजेदेखि १ घण्टा ३० मिनेटसम्म बनेपा र पाँचखाल सबस्टेसनबाट वितरण हुने ११ केभी फिडरहरूको विद्युत् सेवा अवरुद्ध हुनेछ ।