SHARE
पर्दाफास · सोमबार ३ कात्िक २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

मुस्ताङ हुँदै ३५ करोड बढीका भेडाच्याङ्ग्रा निकासी

हिमालका उच्च लेक, बुकी र पाटनमा हुर्किएका भेडाच्याङ्ग्रा दशैँ नजिकिएसँगै बेँसी झरेका छन् । मुस्ताङका खर्कदेखि कर्णालीका हिमाली बस्तीसम्म पालिएका भेडाच्याङ्ग्रा जोमसोमको बाटो हुँदै पोखरा, काठमाडौंलगायतका सहरमा पुग्दा यस वर्ष दशैँ लक्षित पशुधनको कारोबार ३५ करोड रुपैयाँभन्दा बढी पुगेको छ ।