SHARE
पर्दाफास · सोमबार ३ कात्िक २०८३ ०२:३७ AM · 1 मिनेट पढाइ

पहिरो र बाढीले तीन सडकखण्ड प्रभावित, गोरखामा आवागमन पूर्ण बन्द

पहिरो र बाढीका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक अवरुद्ध भएका छन्। नेपाल प्रहरीका अनुसार म्याग्दी र सुर्खेतमा सडक एकतर्फी सञ्चालनमा रहे पनि गोरखामा भने सडक पूर्ण रूपमा अवरुद्ध छ। प्रहरीका अनुसार म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ।