SHARE
हाम्रो सम्बाद · शुक्रबार​ २४ असो २०८२ ०५:१२ AM · 1 मिनेट पढाइ

सिरहाबाट दुई क्विन्टल गाँजा बरामद

सिरहा, २४ असोज । सिरहाबाट ठुलो परिमाणमा लागुऔषध गाँजा बरामद भएको छ । सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान् गाउँपालिका–२ स्थित बलान नदी किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो । यहाँस्थित सशस्त्र प्रहरी बलका प्रमुख नरेश भण्डारीका अनुसार खोला किनारमा लुकाइएको अवस्थामा नौ बोरा गाँजा बरामद भएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद