SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ १२:०० PM · 1 मिनेट पढाइ

इरानविरुद्ध परमाणु हतियार र स्थल सेना प्रयोग नगर्ने ट्रम्पको घोषणा

काठमाडौं  : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानविरुद्ध परमाणु हतियारको प्रयोग नगर्ने स्पष्ट पारेका छन्।  यसका साथै, उनले इरानी भूमिमा अमेरिकी पैदल सेना (स्थल सेना) तैनाथ गर्ने सम्भावनालाई पनि अस्वीकार गरेका छन्।न्यूजम्याक्सलाई दिएको एक अन्तर्वार्तामा ट्रम्पले भने, 'म परमाणु हतियारको प्रयोग गर्ने छैन। हामीलाई त्यसो गर्नु पर्ने कुनै आवश्यकता नै छैन।'अन्तर्वार्ताका क्रममा ट्रम्पले 'मदर अफ अल बम'को पनि उल्लेख गरे।