SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ११:०० AM · 1 मिनेट पढाइ

छैन अपांगमैत्री शौचालय, बोकेर लैजानुपर्ने बाध्यता

सिमरा : बारा जितपुरसिमरा उपमहानगरपालिका–२ का २२ वर्षीय आलोक साहको कम्मरदेखि मुनिको भाग पूर्ण रूपमा चल्दैन। दुवै खुट्टा नचल्ने भए पनि उच्च शिक्षा हासिल गरेर भविष्यमा ‘पोलिटिसियन’ बन्ने सपना बुनेका आलोक अनेकौं सास्तीका बीच पढाइलाई निरन्तरता दिइरहेका छन्। उनको यो मनोबल र इच्छाशक्तिसामु विद्यालयको अपुरो पूर्वाधारले भने निराशाको इँटा थपिरहेको देखिन्छ।आलोक जितपुरसिमरा–२ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत छन्।