SHARE
अन्नपूर्ण · शुक्रबार​ ३० असो २०८३ ११:०० AM · 1 मिनेट पढाइ

बुढीगण्डकी बाढीपछि तङ्ग्रिन कोसिस गर्दै धार्चे

गोरखा : गत आइतबारको बुढीगण्डकीको बाढीले अस्तव्यस्त बनेको धार्चे गाउँपालिका तंग्रिने कोसिस गर्दैछ । घटना भएको भोलिपल्टदेखि नै गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ स्थानीय युवाहरुको साथ लिएर बाटोघाटो खुलाएर जनजीवन चलायमान बनाउन लागिपरिरहेका छन् । अहिले धार्चे गाउँपालिका वडा नं.२ को केरौंजा, केरौंजाबेशी, लामावेशी, रुञ्चेतसम्म जान सकिने गरी आंशिक रुपमा बाटो खुलाइएको छ ।