नबिल बैंकले ल्यायाे ‘नबिल भर्चुअल क्रेडिट कार्ड’, कसरी प्रयाेग गर्ने ?
काठमाण्डु– नबिल बैंक लिमिटेडले ‘नबिल भर्चुअल क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ। बैंकले ग्राहकहरूको डिजिटल बैंकिङ अनुभवलाई थप सहज, सुरक्षित र आधुनिक बनाउने उद्देश्यले बिहीबारदेखि भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको हो । भर्चुअल क्रेडिट कार्ड बैंकको एनबैंक एपमार्फत प्राप्त तथा प्रयोग गर्न सकिनेछ।
