SHARE
लोक पथ · बिहीबार २९ असो २०८३ ११:२४ AM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकका ग्राहकलाई होटल र साइकल खरिदमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले तीनवटा व्यावसायिक संस्थामा विशेष छुट पाउने भएका छन् । यसका लागि बैंकले रामाडा एन्कोर काठमाडौं, होटल हिमालयन होराइजन र पान्क बाइक प्रालिसँग समझदारी गरेको छ ।