SHARE
लोक पथ · बुधबार २८ असो २०८३ ११:१५ AM · 1 मिनेट पढाइ

यती एअरलाइन्सको चाडपर्व अफर : स्कुटर र माउन्टेन फ्लाइट जित्ने अवसर

काठमाडौं । यती एअरलाइन्सले दशैँ, तिहार र छठलाई लक्षित गर्दै ‘यतीले उडाउँछ, भाग्यले गुडाउँछ’ नामक विशेष चाडपर्व अभियान सञ्चालन गरेको छ । यस अभियानअन्तर्गत यात्रुले बम्पर उपहारमा पुजो ज्याङ्गो १२५ स्कुटर र साप्ताहिक उपहारका रूपमा माउन्टेन फ्लाइट जित्ने अवसर पाउनेछन् ।