SHARE
पर्दाफास · बुधबार २८ असो २०८३ ०१:१७ AM · 1 मिनेट पढाइ

हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेकाले हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार हाल हिमाली भूभागमा आंशिक बादल लागेको छ भने पहाडी र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।