SHARE
पर्दाफास · मङगलबार २७ असो २०८३ ०३:५९ PM · 1 मिनेट पढाइ

कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा १५ जना निर्वाचित, वासना थापालाई सर्वाधिक मत

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। निर्वाचन समितिले दिएको जानकारीअनुसार वासना थापा सर्वाधिक ५ हजार १९३ मत प्राप्त गर्दै पहिलो स्थानमा निर्वाचित भएकी छिन्।