विराटनगरमा कपडा पसलमा आगालागी, २० लाख बराबरको क्षति
विराटनगर : विराटनगरको काली मन्दिरनजिक सञ्चालित फेन्सी कपडा पसलमा आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट पसलमा बिक्रीका लागि राखिएका कपडा जलेर नष्ट भएका छन्। विराटनगर महानगरपालिका–९ स्थित काली मन्दिरमा कन्हैयालाल साहको घर भाडामा लिएर कुन्दन शाहले सञ्चालन गर्दै आएको जय श्री सम्बोधन फेन्सी कपडा पसलमा आगलागी भएको हो। मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार सोमबार राति आगलागी भएको भए पनि घटनाको यकिन समय खुल्न सकेको छैन।
