SHARE
अन्नपूर्ण · मङगलबार २७ असो २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

अर्घाखाँचीमा एक लाख पुरस्कार राशिको ‘स्वर्गीय रमा देवी स्मृति टी–१० क्रिकेट कप’ सुरु

अर्घाखाँची : लुम्बिनी प्रदेशको पहाडी जिल्ला अर्घाखाँचीमा एक लाख पुरस्कार राशिको खुला क्रिकेट प्रतियोगिता सुरु भएको छ। स्वर्गीय रमा देवीको स्मृतिमा उनको परिवारले ‘स्वर्गीय  रमा देवी मेमोरियल टी–१० क्रिकेट कप’ आयोजना गरेको हो।क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य हरिप्रसाद भुसालले अर्घाखाँची जिल्लामा खेलकुद क्षेत्रको विकास र खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि आफूले विशेष पहल गर्ने बताएका छन्।