SHARE
हाम्रो सम्बाद · बिहीबार २३ असो २०८२ ११:११ AM · 1 मिनेट पढाइ

हतुवागढीका विपन्न परिवारलाई जस्तापाताको छानो

भोजपुर, २३ असार । भोजपुरको हतुवागढी गाउँपालिकाले वर्षौँदेखि फुसको छानोमा बस्दै आएका अति विपन्न परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले १०६ परिवारलाई जस्तापाता उपलब्ध गराएको हो । जस्ताको छानो पाएपछि विपन्न समुदायले खुसी व्यक्त गरेका छन् । चुहिने छानोले सास्ती भोगेकामा गाउँपालिकाले जस्तापाता दिएपछि सहज भएको स्थानीय चिनिमाया खड्काले बताउनुभयो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो सम्बाद