स्ट्रेट अफ होर्मुज नजिक पानी जहाजमा ड्रोन हमला, दुईजना भारतीय नागरिक बेपत्ता
काठमाण्डु- स्ट्रेट अफ होर्मुज नजिकै भारतीय चालक दलका सदस्य रहेको एक जहाजमा आइतबार ड्रोन आक्रमण भएको छ। आक्रमणपछि जहाजमा सवार ११ भारतीय नाभिकमध्ये नौ जनाको उद्धार गरिएको छ । घटनामा दुईजना अझै बेपत्ता छन्। निकरागुआको झण्डा रहेको ट्यांकर एमटी पेट्रो डल्फिनमाथि ओमानको सोहर बन्दरगाहनजिक आक्रमण भएको हो।
