कोशीमा नेपालीसहित १४ भाषा सरकारी कामकाजका बने, प्रदेशको नामबारे पनि छलफल हुन सक्ने
विराटनगर– कोशी प्रदेशसभाले नेपालीसहित १४ वटा भाषालाई सरकारी कामकाजको भाषाका रूपमा मान्यता दिने विधेयक सर्वसम्मतिले पारित गरेको छ। शनिबार बसेको प्रदेशसभा बैठकले ‘कोशी प्रदेशको सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पारित गरेको हो।
