SHARE
पर्दाफास · शनिबार २४ असो २०८३ ०४:१० AM · 1 मिनेट पढाइ

सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

सुर्खेतका तीन स्थानका जंगलमा लुकाइछिपाइ राखिएका १८ नाल भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ । विशेष सूचनाका आधारमा प्रहरीले चौकुने गाउँपालिका र बराहताल गाउँपालिकाका विभिन्न जंगलमा खोजतलास गर्दा ती बन्दुक फेला पारेको हो ।