SHARE
पर्दाफास · शनिबार २४ असो २०८३ ०२:३९ AM · 1 मिनेट पढाइ

पहिरोले मुख्य राजमार्गहरू प्रभावित, पृथ्वी र बिपी राजमार्ग पूर्ण अवरुद्ध

वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीको विवरण अनुसार शनिबार (आज) बिहानसम्म विभिन्न प्रदेशका महत्त्वपूर्ण सडकहरू पूर्ण तथा एकतर्फी रूपमा अवरुद्ध भएका छन् ।