SHARE
कालिका खबर · शुक्रबार​ २३ असो २०८३ ०३:२३ AM · 1 मिनेट पढाइ

हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु

काठमाडौँ : हुम्लाको चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ । नाम्खा गाउँपालिका–५ स्थित नारा लेक क्षेत्रमा जेसीबी परिचालन गरेर हिउँ हटाउन थालिएको हो। असोज १० गतेदेखि हिमपातका कारण अवरुद्ध सडक दुईदेखि तीन दिनभित्र सञ्चालनयोग्य बनाउने लक्ष्य राखिएको छ । कर्णाली करिडोरअन्तर्गत यारी–नारा लेक हुँदै हिल्सासम्मको सडकमा करिब १० किलोमिटर क्षेत्रमा हिउँ जमेको छ। लामो समयदेखि यातायात सेवा अवरुद्ध हुँदा हिल्सामा रहेका स्थानीय, होटल व्यवसायी तथा सरकारी कार्यालयका कर्मचारी प्रभावित भएका छन्।