सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु
हुम्लाको चीनसँगको सीमा जोड्ने सिमकोट–हिल्सा सडकखण्डमा जमेको हिउँ पन्छाउन सुरु गरिएको छ । नाम्खा गाउँपालिका–५ स्थित नारा लेक क्षेत्रमा जेसीबी परिचालन गरेर हिउँ हटाउन थालिएको हो। असोज १० गतेदेखि हिमपातका कारण अवरुद्ध सडक दुईदेखि तीन दिनभित्र सञ्चालनयोग्य बनाउने लक्ष्य राखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
