बौद्धिक सम्पत्ति संरक्षणबारे अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग छलफल
काठमाडौँ । नेपालस्थित अमेरिकी वाणिज्य सङ्घ र काठमाडौँस्थित अमेरिकी दूतावासको सहकार्यमा अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयसँग बौद्धिक सम्पत्ति र व्यावसायिक विश्वाससम्बन्धी छलफल आयोजना गरिएको छ। गत असोज २० गते भएको कार्यक्रममा नेपालस्थित अमेरिकी वाणिज्य सङ्घका सदस्य कम्पनीहरूका ३० भन्दा बढी कानुनी प्रतिनिधि तथा व्यावसायिक नेतृत्वकर्ताहरूको सहभागिता रहेको थियो। छलफलमा नेपालमा बौद्धिक सम्पत्तिको संरक्षण, ट्रेडमार्कको सुरक्षा, नवप्रवर्तन तथा व्यावसायिक विश्वास लगायतका विषयमा विचार-विमर्श गरियो। कार्यक्रममा दक्षिण एसियाका लागि अमेरिकी पेटेन्ट तथा ट्रेडमार्क कार्यालयका बौद्धिक सम्पत्ति प्रतिनिधि शैलेन्द्र भूमरलकर तथा वरिष्ठ वाणिज्य विशेषज्ञ एवं बौद्धिक सम्पत्ति नीति सल्लाहकार शिल्पी झा सहभागी थिए।
