कांग्रेस विभाजन भएको निधिको घोषणा
काठमाडौँ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टी औपचारिक रूपमा विभाजित भएको बताएका छन्। जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता निधिले विशेष महाधिवेशनले कांग्रेसलाई वैचारिक र सांगठनिक रूपमा दुई धारमा बाँडिदिएको बताए। अब ‘नयाँ घर’ निर्माणको दिशामा अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ। नेता निधिले पार्टी विभाजनको मुख्य जिम्मेवार विशेष महाधिवेशन बोलाउने पक्ष नै रहेको आरोप लगाए। ‘जसले विशेष महाधिवेशन बोलायो, उसैले पार्टी फुटाएको हो।
