नेपाललाई मेडिकल एजुकेसन र मेडिकल टुरिजम हब बनाउन निजी मेडिकल कलेजको प्रस्ताव
काठमाडौं । नेपाल निजी मेडिकल तथा डेन्टल कलेज संघ (APMDCN) ले नेपाललाई चिकित्सा शिक्षाको क्षेत्रीय केन्द्र तथा मेडिकल टुरिजम हबका रूपमा विकास गर्न सरकारसँग तत्काल नीतिगत निर्णय लिन आग्रह गरेको छ। संघका अध्यक्ष प्रा. डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बिहीबार जारी गरेको आधिकारिक धारणामा नेपालसँग चिकित्सा शिक्षामा नयाँ पूर्वाधार निर्माण गर्नुभन्दा पहिले नै निर्माण भइसकेका कक्षा कोठा, प्रयोगशाला, अस्पताल, उपकरण तथा जनशक्तिको पूर्ण उपयोग गर्ने क्षमता रहेको दाबी गरिएको छ।
