नेपाल एसबिआई बैंकद्वारा वृद्धाश्रमलाई आवश्यक सामग्री सहयोग
काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम) लाई आवश्यक सामग्री सहयोग गरेको छ । असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यले बैंकले वृद्धाश्रमलाई अत्यावश्यक सामग्री उपलब्ध गराएको हो ।
