म्याक्सस नेपालको ‘दशैं डिलाइट’ अभियान : एक वर्ष निःशुल्क चार्जिङ र २० प्रतिशत डाउन पेमेन्ट
काठमाडौँ। नेपालमा म्याक्ससको आधिकारिक वितरक हिमालय अर्गनाइजेसनअन्तर्गतको हिमालय मोट्रक्स प्रालिले दशैं लक्षित विशेष योजना ‘दशैं डिलाइट विथ म्याक्सस’ सार्वजनिक गरेको छ। अभियानअन्तर्गत म्याक्सस e-Deliver 7 खरिद गर्ने ग्राहकले एक वर्षसम्म निःशुल्क चार्जिङ सुविधा पाउनेछन्। साथै, २० प्रतिशत डाउन पेमेन्टमा सवारी खरिद गर्न सकिने र अधिकतम ७ वर्षसम्मको वित्तीय सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ। अभियोजनाअन्तर्गत e-Deliver 7 खरिद गर्ने ग्राहकको एक वर्षसम्मको चार्जिङ खर्च हिमालय मोट्रक्सले व्यहोर्नेछ। यसले विद्युतीय सवारीको सञ्चालन लागत घटाउनुका साथै दैनिक प्रयोगलाई थप सहज बनाउने कम्पनीको दाबी छ।
