SHARE
कालिका खबर · बुधबार २१ असो २०८३ ०४:५३ PM · 1 मिनेट पढाइ

नेपाल एसबिआई बैंकद्वारा झापाको वृद्धाश्रमलाई अत्यावश्यक सामग्री सहयोग

काठमाडौं। नेपाल एसबिआई बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत झापाको बिर्तामोडस्थित परोपकार तथा अनुसन्धान केन्द्र (वृद्धाश्रम)लाई अत्यावश्यक सामग्री सहयोग गरेको छ। असहाय, घरबारविहीन तथा शारीरिक वा मानसिक रूपमा अशक्त व्यक्तिहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले बैंकले आश्रमलाई विभिन्न आवश्यक सामग्री प्रदान गरेको हो। एक कार्यक्रमबीच बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारीले आश्रमका अध्यक्ष विष्णु कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरे।