पोखरा फाइनान्सका ग्राहकलाई कोरियन एस्थेटिकमा १५ प्रतिशतसम्म छुट
काठमाडौँ। पोखरा फाइनान्स लिमिटेडका ग्राहकले पोखराको चिप्लेढुंगास्थित लेट मी इन प्रालि (कोरियन एस्थेटिक) मा उपलब्ध विभिन्न सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। पोखरा फाइनान्स र लेट मी इन प्रालि (कोरियन एस्थेटिक), चिप्लेढुंगा, पोखराबीच ग्राहक सुविधा विस्तारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीअनुसार पोखरा फाइनान्सका खातावालाले फाइनान्सको मोबाइल बैंकिङ वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा कोरियन एस्थेटिकमा उपलब्ध सेवामा ८ देखि १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। ग्राहकलाई थप सुविधा उपलब्ध गराउने उद्देश्यले गरिएको उक्त सहकार्यबाट पोखरा फाइनान्सका खातावाला लाभान्वित हुने विश्वास फाइनान्सले व्यक्त गरेको छ।
