सुदूरपश्चिमको बजेट विवादमा सर्वोच्चले दुवै पक्षलाई छलफलमा बोलायो
काठमाण्डु – सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८३/८४ को बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिरहेका बेला सर्वोच्च अदालतले अघिल्लो सरकारले ल्याएको बजेटसम्बन्धी विवादमा अन्तरिम आदेश दिने वा नदिने विषयमा दुवै पक्षलाई छलफलमा बोलाउने आदेश गरेको छ ।
