SHARE
कालिका खबर · बुधबार २१ असो २०८३ ११:०९ AM · 1 मिनेट पढाइ

कांग्रेसको कार्यसंस्कृति बदल्न महामन्त्रीमा मेरो दाबी : नैनसिंह महर

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको सरगर्मी बढ्दै जाँदा नेता नैनसिंह महरले महामन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेका छन्। पार्टीको कार्यसंस्कृति बदल्ने र संगठनलाई परिणाममुखी बनाउने संकल्पसहित मैदानमा उत्रिएका महरले सबै धारलाई जोडेर कांग्रेसलाई नयाँ युग सुहाउँदो बनाउने अठोट व्यक्त गरेका हुन्। महरले महामन्त्रीको कार्यालयलाई उत्कृष्ट कार्यसम्पादन केन्द्र बनाउने योजना अघि सारेका छन्। पार्टीभित्रको निर्णय र कार्यान्वयनबिचको दूरी घटाउनु आफ्नो मुख्य एजेन्डा रहेको उनले स्पष्ट पारेका छन्। ‘निर्णय समयमा होस्, जिम्मेवारी स्पष्ट होस् र कार्यकर्ताले आफ्नो योगदानको मूल्य देख्न सकुन्,’ उनले भने।