शुक्रबारसम्म असिनासहित भारी वर्षा र हिमपातको सम्भावना
काठमाडौं : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको समेत प्रभाव रहेको छ। जसका कारण आगामी तीन दिन देशका विभिन्न भू–भागमा बदली,वर्षा,मेघगर्जनसहित चट्याङ,हावाहुरी तथा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण अहिले काठमाडौं उपत्यकाकासहित देशका विभिन्न भागमा वर्षा भइरहेको छ।महाशाखाका अनुसार आज देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बदली रहनेछ।
