केरुङसम्मको राजमार्ग पुनः सञ्चालनको प्रयास जारी
काठमाडौं । दक्षिणपश्चिमी चीनको तिब्बत स्वायत्त क्षेत्रस्थित बाढीपहिरो प्रभावित केरुङ बन्दरगाहतर्फ जाने प्रमुख राजमार्ग पुनः सञ्चालनका लागि पहिरो र लेदो हटाउने प्रयास जारी राखिएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन् । नेपालतर्फ उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किएपछि आएको विनाशकारी बाढीपहिरोका कारण केरुङ क्षेत्रमा कम्तीमा १६ जनाको मृत्यु भएको र ५४६ जना अझै बेपत्ता रहेको क्षेत्रीय सरकारले जनाएको छ । बन्दरगाहतर्फ जाने राष्ट्रिय राजमार्ग जी–२१६ बाढीपहिरोका कारण केही स्थानमा क्षतिग्रस्त भएको छ ।