ग्लोबल आइएमई बैंकले प्लाटिनम गल्फ २०२६ आयोजना गर्ने
काठमाडौं : ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा 'ग्लोबल आइएमई प्लाटिनम गल्फ २०२६'प्रतियोगिता हुन गइरहेको छ । बैंकले मंसिर १२ र १३ गते काठमाडौंको थलीस्थित गोकर्ण फरेस्ट रिसोर्टमा उक्त प्रतियोगिता संचालन गर्न लागेको हो । दुई दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताले खेलप्रेमीलाई खेल,प्रकृति र आपसी सद्धावको अनुपम अनुभव हुने विश्वास बैंकले लिएको छ । होल इन वानलाई आधुनिक स्कोडा एसयूभी गाडी राखिएको छ ।