SHARE
अन्नपूर्ण · शुक्रबार​ १२ मंिर २०८३ १२:०० PM · 1 मिनेट पढाइ

क्यासिनोमा प्रहरीको छापा, जुवा खेल्ने र खेलाउने १२ नेपाली पक्राउ

वीरगन्ज : वीरगन्ज-१० आदर्शनगर चोकस्थित एक क्यासिनोमा प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ गरेको छ । होटल सुरजमा सञ्चालित फर्चुन सिटी गेमिङ क्लब क्यासिनोमा बिहीबार राति प्रहरीले छापा मारेर १२ जना नेपालीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा क्यासिनो भित्र जुवा खेल्ने ९ जना र उनीहरूलाई जुवा खेलाउने  ३ जना कर्मचारी रहेका छन् ।क्यासिनोभित्र अनाधिकृत रुपमा नेपाली नागरिकलाई प्रवेश गराई जुवा खेलाइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।