‘जथाभावी एन्टिबायोटिक प्रयोगले औषधि नै प्रभावहीन’
पोखरा : नेपालमा चिकित्सकको सिफारिसबिना मेडिकल पसलबाट एन्टिबायोटिक किनेर खाने र आफूखुसी औषधि प्रयोग गर्ने प्रवृत्ति अझै कायम छ। सामान्य रुघाखोकीदेखि ज्वरो आउँदासमेत एन्टिबायोटिक प्रयोग गर्ने तथा स्वास्थ्यमा सुधार आएपछि औषधिको मात्रा पूरा नगरी सेवन गर्न छाड्ने बानीले औषधि प्रतिरोधी संक्रमणको जोखिम बढाउँदै लगेको छ। यसले भविष्यमा सामान्य संक्रमणको उपचारसमेत कठिन बन्न सक्ने स्वास्थ्य क्षेत्रका जानकारहरूले चेतावनी दिएका छन्।