दशौँ राष्ट्रिय खेलकूदमा आज १० खेल विधामा प्रतिष्पर्धा
कर्णाली प्रदेशमा जारी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार (मंसिर ११ गते) विभिन्न १० खेल विधामा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगिताका खेलहरू कर्णालीसहित बाँके र बर्दियाका विभिन्न खेलस्थलमा सञ्चालन हुनेछन्। आज सुर्खेतमा महिला तथा पुरुष क्रिकेट, महिला बास्केटबल, बक्सिङ, फुटबल, जिम्न्यास्टिक, फुल कन्ट्याक्ट कराँतेका खेल हुनेछन्।