SHARE
पर्दाफास · शुक्रबार​ १२ मंिर २०८३ ०१:११ AM · 1 मिनेट पढाइ

आज देशभरको मौसम मुख्यतया सफा रहने

हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशको हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई भू–भागका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्र तथा देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ।