२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८८४ जनालाई कारबाही
ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८८४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शुक्रबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ६४, सिसिटिभिमार्फत ४७, रातोबत्तीमा ३९ जना चालकलाई कारबाही गरिएको छ ।