SHARE
पर्दाफास · शुक्रबार​ १२ मंिर २०८३ ०२:५० AM · 1 मिनेट पढाइ

राष्ट्रपति चुरे संरक्षण विकास समिति विघटन, अब मन्त्रालयकै विभागले काम गर्ने

सरकारले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति विघटन गरेको छ। कृषि, वन तथा वातावरण मन्त्रालयका अनुसार सरकारले गत १७ कात्तिकमा समिति खारेज गर्ने निर्णय गरेको हो। उक्त निर्णयसम्बन्धी सूचना बिहिवार राजपत्रमा प्रकाशित भएपछि समिति विघटनको औपचारिक जानकारी सार्वजनिक भएको हो।