प्रधानमन्त्री बालेन र रवि लामिछानेबीच ५ घण्टा वार्ता, के भयो कुराकानी ?
रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच पाँच घण्टा लामो भेटवार्ता भएको छ । आज बिहीबार सभापति रविको निवास बूढानीलकण्ठमा पाँच घण्टा लामो आत्मीय तथा सौहार्दपूर्ण भेटवार्ता भएको हो । भेटका क्रममा प्रधानमन्त्री शाहले आफ्नो भारत भ्रमण र भ्रमणका क्रममा हासिल भएका उपलब्धिबारे सभापति लामिछानेलाई जानकारी गराएका थिए ।