मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, तेस्रो वरियतामा सोबिता गौतम
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गरेका छन् । नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम तेस्रो स्थानमा उक्लिएकी छन् । यसअघि उनी सातौं वरीयतामा थिइन् । वरीयता परिवर्तनसँगै परराष्ट्रमन्त्री शिशिर खनाल चौथो स्थानमा झरेका छन् । यसअघि उनी तेस्रो स्थानमा थिए ।