पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ, नेपाल ल्याइँदै
मलेसिया जाने नेपाली श्रमिकमाथि भएको भनिएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन्। अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएका अर्याललाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी उच्च स्रोतले अर्याल पक्राउ परेको पुष्टि गरेको छ। उनी कहाँबाट पक्राउ परेका हुन् भन्नेबारे प्रहरीले खुलाएको छैन।