SHARE
पर्दाफास · बिहीबार ११ मंिर २०८३ ०६:११ AM · 1 मिनेट पढाइ

टर्कीमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा पाँच सैनिकको मृत्यु

टर्कीको मध्य क्षेत्रमा सैन्य हेलिकोप्टर दुर्घटना हुँदा पाँच जना सैनिकको मृत्यु भएको छ । टर्कीको एस्किसेहिर प्रान्तमा मंगलवार वायुसेनाको सैन्य हेलिकोप्टर दुर्घटनामा परेको टर्किस सञ्चारमाध्यम एनटीभीले जनाएको छ । टर्कीको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै एनटीभीले जनाएअनुसार एएस-५३२ मोडेलको उक्त हेलिकोप्टर नियमित प्रशिक्षण उडानका क्रममा दुर्घटनामा परेको हो ।